हवाई भाडा फेरि महंगियो, आन्तरिक उडानमा ३५ देखि २२० रुपैयाँसम्म बढ्यो

दार्चुला । हवाई इन्धनको मूल्य बृद्धिसँगै हवाई भाडा थप महंगिएको छ ।

नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानतर्फ सबै रुटको भाडा वृद्धि गरेको हो । संघले आजैदेखि लागू हुने गरी जारी गरेको नयाँ मूल्य सूची अनुसार आन्तरिक उडानको टिकट ३५ रुपैयाँ देखि २२० रुपैयाँसम्म महंगो भएको छ ।

सुर्खेत चौरजहारी रुटमा टिकट भाडा सबैभन्दा कम ३५ रुपैयाँ र काठमाडौं धनगढी रुटको भाडा सबैभन्दा धेरै २ सय २० रुपैयाँ बढेर ४४ सय ६० रुपैयाँ पुगेको संघले जनाएको छ ।

निगमले पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दा हवाई इन्धनतर्फ लिटरमा ७ रुपैयाँ बृद्धि गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?