जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारको पत्र

दार्चुला । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र उहाँले तोकेको इजलासमा सहभागी नहुन आग्रह गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुलाई छुट्टाछुट्ट चिठी पठाएको छ ।

बार महासचिव लीलामणि पौडेलले सबै न्यायाधीशलाई पत्र पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशमाथि हामीले गम्भिर आरोप लगाएर उहाँको राजीनामा माग गरिएकाले उहाँले तोकेको इजलासमा नबस्न र मुद्दाको सुनुवाई नगर्न माग गरेर अनुरोध सहित पत्र पठाएको हो ।’

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषीराम घिमिरेका अनुसार, चिठीमा प्रधानन्यायाधीशमाथि आरोप लागेकाले उहाँले तोकेको इजलासमा संलग्न नभई उहाँलाईं सअहयोग गर्न सबै न्यायाधीशहरुलाई अनुरोध गरिएको हो । प्रधानन्यायधीश जबरालाई भने चिठी नपठाइएको बार महासचिव पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँको राजीनामा माग गरेर हामी आन्दोलित भएका छौं । उहाँलाई किन चिठी चाहियो र ?’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?