दार्चुलामा विप्लव बन्दको प्रभाव सामान्य

दार्चुला । दार्चुलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ । दार्चुलामा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्वाध गुडिरहेका छन् ।अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु पनि निर्वाध गुडिरहेका छन।

पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपा विप्लवले कात्तिक ३० गते (आज) नेपाल बन्द आह्वान गरेको थियो ।
जिल्ला बाहिर आवतजावत गर्ने लामो दुरीका गाडीहरु नचलेपनि छोटो दुरीका जीपहरू चलिरहेको प्रहरीले जनाएको छ। जिल्लामा बसकाउन्टरहरु बन्द रहेका छन । रोकिएका गाडिहरुलाई स्कटिङ गरेर पठाइने प्रहरीले जनाएको छ ।

नेकपा विप्लवका अनुसार आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकल लगायत अत्यावश्यक सेवा भने खुल्ला रहने जनाएको छ । त्यसबाहेक बजार व्यवसाय, विद्यालय कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द गरिएको जनाइएको छ। दार्चुलामा मेला जात्राको समय भएकाले मेला जात्रामा आवागमन गर्दा भने रोक नलगाउने बताईएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?