प्रसिद्ध मालिकार्जुन मन्दिरमा आज राती जात्रा लाग्दै

दार्चुला । नेपालको सातौं धाम मानिने मालिकार्जुन मन्दिरमा बुधबार राती पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुल्क चतुर्दशीका दिन लाग्ने जात्रा आज बाट शुरु भएको हो ।मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकार्जुन धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्ला र भारत, उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्छन् । जात्राकै अवसरमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले बुधबार सार्वजनिक विदा दिएको छ ।

पवित्र मनले मालिकार्जुनको दर्शन गर्नाले पूण्य मिल्ने, मनोकामना पूरा हुने र खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त हुने जनविश्वास रही आएको छ । आजकै दिन मालिकार्जुनका देवीहरुको बसोबास रहेको लेकम ५ मैखोली, लेकम ६ उचाकोट, लेकम २ गराडी लगायत विभिन्न शक्तीपिठहरुमा रातभरी जात्रा लाग्ने मालिकार्जुन धार्मिक विकास समितिका सचिव जनकसिह धामीले जानकारी दिनुभयो ।

द्धितिया तिथिबाट जिल्लाको लेकम क्षेत्रमा सुरु भएका जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालिकाको पाती, कुणी लगायत स्थानमा पुर्णिमाको दिन अन्तिम जात्रा लाग्ने गर्दछ । मालिकार्जुन जात्रामा दमाहा बाजा सहित भक्तजनहरुको भीड लाग्ने गर्छ । एक गाउँको दमाहा अर्को गाउँसँग प्रतिस्पर्धा हुने गर्छ । रातभर दमाहा बजाएर विहानीपख सबै बाँजाहरुबीच प्रतिस्पर्धा गराई पहिलो तथा दोस्रो भनेर मन्दिरका मुखियाले विजयी भएको घोषणा गर्ने समेत चलन रहेको छ । मालिकार्जुनको जात्रामा रिठाचौपाताबाट आउने दमाहा बाँजा हरेक वर्ष प्रथम हुन्छ भने मालिकार्जुनकै दोस्रो ।

यसैगरी रिठाचौपाताको जयपूर मन्दिरमा लाग्ने जात्रामा मालिकार्जुनको दमाहा पहिलो हुन्छ । रातभरी जात्रा हेरेर विहिबार बिहान प्रसाद ग्रहण गरी मानिसहरु घर फर्कन्छन् भने कोहीले बिहानीपख ठाडो खेल, ढुस्को तथा देउडा खेल्ने गर्दछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?