दार्चुला । लेकम गाउँपालिका वडा नं ४ खरकडामा नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ। मंगलवार वडा नं ४ स्थित पेरिसडाँडामा जेष्ठ सदस्य हरिभक्त पन्तको अध्यक्षतामा आयोजित सम्मेलनमा लेकम गाउँपालिका ईन्चार्ज राम दत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो।
उक्त सम्मेलनमा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी रमेश ओझा, देवराज ओझा, जयदेव ओझा, हरि प्रसाद ओझा, गजि गिरी, जगत सिंह धामी, हरिश कार्की, नरेश राम सार्की लगायत १५ जना नेता तथा कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रथम वडा सम्मेलनले हरिभक्त पन्तको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटि गठन गरेको छ । जस्को उपाध्यक्षमा जयदेव ओझा, पशुपती गिरी ओझा, नरेशराम शार्की चयन हुनुभएको छ । कोषाध्यक्षमा गणेशदत्त पन्त, सचिवमा पार्वती पन्त र सह सचिवमा शुशिल पन्त चयन भएको माओवादी केन्द्र लेकम गाउँपालिका कमिटिका सचिव तारासिहँ बोहराले बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य मानसिहँ ठगुन्ना, गणेश जोशी, अखिल नेपाल महिला संघ क्रान्तिकारी कि नेतृ हरिना जोशी, वाइसिएल लेकम गाउँपालिका इन्चार्ज प्रेम विष्ट लगायत नेता कार्यकर्ताको सहभागिता रहेको सचिव बोहराले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया