सत्यमोहन जोशीलाई नेपालको पहिलो इ-पासपोर्ट

दार्चुला । नेपालको पहिलो इ(पासपोर्ट शताब्दी पुरूष सत्यमोहन जोशीलाई हस्तान्तरण गरिएको छ। बुधबार विभागमा आयोजित एक कार्यक्रमबीच परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्।

जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताउनुभयो ।

उहाँले सरकारलाई सफलताको शुभकामना समेत दिनुभयो । यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उहाँले उल्लेख गर्नुभयो ।
परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउनु निकै गौरवको विषय भएको बताउनुभयो ।

आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उहाँले विद्युतीय पासपोर्टले निकै सहज हुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?