दार्चुला । प्रेस सेन्टर नेपाल दार्चुलाको पाचौ जिल्ला सम्मेलन सम्पन्न् भएको छ । विहिवार मालिकार्जुन गाउँपालिका ३ मड, प्रेमनगरमा सम्पन्न सम्मेलन बाट हरिप्रसाद जोशी अध्यक्षमा चयन हुनुभएको छ ।
यस्तै उपाध्यक्षमा लक्ष्मण धामी, महिला उपाध्यक्ष धौली बडाल, सचिवमा सारङ्गी खत्री, सहसचिव लक्ष्मी रावल र हरिशराम सार्की, र कोषाध्यक्षमा पार्वती साउँद चयन भएका छन् । वुधवार सम्पन्न सम्मेलनवाट १५ सदस्यिय जिल्ला कमिटि चयन गरिएको प्रेस सेन्टर दार्चुलाका अध्यक्ष हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।
प्रेस सेन्टर दार्चुलाका अध्यक्ष ईन्द्र साउँदको अध्यक्षता र प्रेस सेन्टर सुदुरपश्चिमका ईन्चार्ज राम सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य कल्याण सिंह धामी, एकीकृत अखिल नेपाल शिक्षक संगठन दार्चुलाका अध्यक्ष जनक सिंह धामी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजेन्द्र अवस्थी र भुवन बोहरा ,अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष राजेन्द्र रावल लगायतको आतिथ्यता रहेको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया