नेकपा माओबादी केन्द्रको लेकम-५ मा वडा सम्मेलन सम्पन्न

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लेकम गाउँपालिका वडा नम्बर ५ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । हरि सिहं बोहराको अध्यक्षतामा आयोजित सम्मेलन उद्घाटन कार्यक्रममा नेकपा माओबादी केन्द्रका लेकम गाउँपालिका कमिटी इन्चार्ज रामदत्त जोशी (आरडी) को प्रमुख आतिथ्यता रहेको थियो । यस्तै माओबादी केन्द्रकै जिल्ला कमिटी सदस्य उमाकान्त विष्टको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा माओबादीका कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

सम्मेलनबाट हरि सिहं बोहराको अध्यक्षता ३५ सदस्यिय वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा गंगा लुहार, बद्री सिहं धामी, पशुपति बोहरा, कोषाध्यक्षमा पल्लवराज जोशी, सचिवमा पल्लवराज जोशी र सह–सचिवमा धर्मानन्द विष्ट चयन भएका छन् । प्रथम वडा सम्मेलनको उद्घाटन प्रमुख अतिथि राम दत्त जोशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य अखिल क्रान्तिकारी दार्चुलाका उपाध्यक्ष हरिश राम सार्की र शुभकामना मन्तब्य वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष हरि भक्त पन्तले राखेको नेकपा माओवादी केन्द्रका लेकम गाउँपालिका कमिटी सचिव तारा सिहं बोहोराले जानकारी दिनुभयो । 

उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र लेकम गाउँपालिका ईन्चार्ज एवम् उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीका स्वकीय सचिव, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य राम दत्त जोशीले आफुहरुले ल्याएको व्यवस्थामा एमाले कांग्रेसले रजाई गरिरहेको धारणा राख्नुभयो । जनताका लागि लागु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पनि लेकम सरकारले वेवास्ता गरेको उहाँको भनाई छ ।

नेकपा माओबादी केन्द्रले पछिल्लो केहि दिन यता जिल्लाका विभिन्न वडामा वडा सम्मेलन र पालिका सम्मेलनको आयोजना गरिरहेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?