दार्चुलासहित देशभर चिसो बढ्यो, हल्का वर्षाको सम्भावना

दार्चुला । दार्चुलासहित देशका धेरैजसो क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ । दार्चुलाको उच्च पहाडी र हिमाली क्षेत्रमा चिसो ह्वात्तै बढेको स्थानीयहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार जाडो सुरु हुँदै गर्दा तापक्रम घट्नु स्वाभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासी चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ । चिसोका कारण जनजीवन प्रभावित बन्न थालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले अब फेरि जाडो तथा सुक्खायाममा हुने विपद्जन्य घटना बढ्ने सम्भावना बढ्दै जाने बताउनुभयो । तापक्रम घट्दै जाँदा मानिसले आगो बालेर ताप्ने, घरमा आगो बालेर छाड्नेलगायत क्रियाकलाप हुने र त्यसबाट आगलागीको सम्भावना बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने जनाइएको छ । उहाँले आगलागी तथा डढेलोका घटनाहरू घट्न थालिसकेको बताउनुभयो । केही अघिमात्रै महोत्तरीमा आगो ताप्दा शरीरमा आगो लागेर घाइते भएकी एक महिलाको हिजो बिहीवार ज्यान गएको छ ।

पछिल्लो समयमा भने न्यूनतम तापक्रमसमेत औसतभन्दा कम देखिन थालेको मौसमविद्डाहरु बताउछन । शुक्रबार मौसम आशिंक बदली भएको कारण समेत चिसो बढेको महसुस गरिएको छ । पर्सि आइतवारदेखि मौसम सुधार हुने देखिएकाले तापक्रम केही बढ्ने मौसमविद्को अनुमान छ । बिहीवारसम्मको विवरण हेर्दा काठमाण्डौ, दोलखा, डडेल्धुरा, दिपायल, धनगढी, सुर्खेत, नेपालगञ्ज, दार्चुला, दाङलगायत धेरै जिल्लामा औसतभन्दा कम तापक्रम मापन गरिएको छ ।

मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरीको तापक्रम हेर्दा यसपालिको हिउँदको समयमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना अधिक छ । यद्यपि अबको जाडोमा तापक्रमको अवस्था कस्तो हुनसक्छ भनेर विभागले अर्को हप्ता आकलन सार्वजनिक गर्दैछ । त्यसको आवश्यक तयारी भइरहेको जनाइएको छ । सागरमा बनेको निम्न चापीय क्षेत्रका कारण नेपालमा पनि मौसम बदली रहेको छ ।

महाशाखाका अनुसार मौसम बदलीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।आज घाम पनि राम्रोसंग लाग्न सकेको छैन । धुम्म छ, ठूलो पानी पर्ने अवस्था पनि छैन । उच्च पहाडी भूभाग तथा हिमाली भूभागमा हल्का हिमपात हुनसक्ने छ । यो क्रम भोलिसम्म रहने र पर्सि आइतवारदेखि सुधार हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?