आज कांग्रेश दार्चुलाको क्षेत्रीय अधिवेसन, जिल्ला अधिवेसन ७ गते खलंगामा हुने

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको प्रदेश क्षेत्रीय अधिवेसन शनिबार (आज) हुने भएको छ । प्रदेश क्षेत्र नम्बर “क” को अधिवेसन खलंगा र “ख” को अधिवेसन गोकुलेश्वरमा आयोजना हुने कांग्रेश दार्चुलाले जनाएको छ । अधिवेसनबाट क्षेत्रीय सभापती र पदाधिकारी बन्नका लागि नेताहरुले लबिङ गरिरहेका छन् ।

कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन मंसिर ७ गते हुने भएको छ । जिल्ला सभापतीका लागि वर्तमान सभापती ललितसिह बोहरा र उपसभापती एबं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामीले दाबी गरेका छन् । वर्तमान सभापती बोहराले पार्टीलाई बलियो बनाउन एक कार्यकाल आफुले दोहोरिन चाहेको भन्दै सबै नेता कार्यकर्तालाई सहयोगका लागि अनुरोध गरिरहेका छन भने लामो समय कांग्रेशको राजनीति गरेको र जिल्ला उपसभापती समेत भएकोले आफुले सभापती पाउनुपर्ने भन्दै मेयर धामीले समेत सबैलाई सहयोग गर्न अनुरोध गरिरहेका छन् । अरु पदाधिकारीहरुमा समेत नेताहरुले आफ्नो दाबी पेश गर्ने बताएका छन् ।

नेपाली कांग्रेशका केन्द्रिय सदस्य एबं कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले दार्चुलामा सहमतिमै नेतृत्व चयन हुनुपर्ने बताउनुभएको छ । गत महिना खलंगामा आयोजित पत्रकार सम्मेलनमा समेत नेता बडूले अधिवेसनबाट सहमतीमै नेतृत्व चयन हुनुपर्ने बताउनुभएको थियो । विभिन्न पदका लागि दुई वा दुई भन्दा बढी नेताहरुले दाबी गरिरहेको अवस्थामा पार्टीलाई बलियो बनाउन सहमतिको विकल्प नभएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?