दार्चुला । नेपाल सरकारले दार्चुलाको दुहुँ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मंसिर २ गते विहिबार बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
सरकारको निर्णयले बाढीपहिरोले निम्त्याएको भौतिक क्षतिलाई पुर्ननिर्माण, पुनःस्थापन गर्न र पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न सहज हुने गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो । गृहमन्त्रालयले बाढीपहिरोबाट भएको क्षतिको पुर्ननिर्माण तथा पीडितका लागि विशेष कार्यक्रम ल्याउने जानकारी दिएको उहाँले बताउनुभयो ।
दुहुँ गाउँपालिकामा गत भदौँ १३ गतेको बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । केहिले परिवारको सदस्य गुमाएका छन भने धेरै परिवार घरबारविहिन भएका छन् । बाढी पहिरोका कारण दुई सय बढी घर परिवार प्रतक्ष प्रभावित भएको र त्यसमध्ये ४६ घर पूर्ण क्षति भएको गाउँपालिकाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया