दार्चुला । उद्योग बाणिज्य संघ दार्चुला अधिवेसनको तयारीमा जुटेको छ । यहि मंसिर १० देखि १२ गतेसम्म हुने दार्चुला उद्योग वाणिज्य संघको ८ औँ अधिवेशनका लागि पूर्वअध्यक्ष समेत रहनुभएका सुरेशसिह थापा नेतृत्वको प्यानल घोषणा गरिएको छ । शनिवार दार्चुला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरि थापाले आफ्नो प्यानल घोषणा गर्नुभएको हो ।
अध्यक्षमा सुरेशसिह थापा रहनेगरी बरिष्ठ उपाध्यक्षमा बिसनसिह बोहरा, उद्योग उपाध्यक्षमा केशव बहादुर पाल, वाणिज्य तर्फको उपाध्यक्षमा हरक सिह बडाल, महासचिवमा सर्पराज बडू, सचिवमा दिलेन्द्र राज अवस्थी, कोषाध्यक्षमा कमल सिह धामी, सहकोषाध्यक्षमा भुपेन्द्र राज भट्टको प्यानलसहित घोषणा गरिएको हो । यस्तै सदस्यहरुमा प्रेमसिह डडाल, इन्द्रसिह ठगुन्ना, प्रेमसिह कार्की, कम्मानसिह ठगुन्ना, राजेश नेपाली, दिनेश निरौला, दलजित महता, भुवन सिह धामी र प्रकाश सामन्त रहेको थापाले बताउनुभयो । आफूहरुको प्यानलमा सबै व्यवसायी संघहरुको प्रतिनिधित्व रहेकाले स्वच्छ, स्वतन्त्र प्यानल घोषणा गरिएको र सबै व्यापार व्यवसायीको हक हितमा काम गर्ने उहाँको भनाई छ । निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनकालागि आफुले उमेद्वारी दिएको अध्यक्ष थापाले बताउनुभयो ।
अहिले उद्योग वाणिज्य संघको नेतृत्वको लागि दुई जना आंकाक्षी देखिएका छन् । नेकपा एमाले निकट रहेको व्यवसायीको तर्फबाट सुरेशसिह थापा र नेपाली काग्रेस निकट व्यवसायीको तर्फबाट इन्द्रदेव पन्तको अध्यक्षमा उठ्ने चर्चा छ । लामो समयदेखि नेकपा एमाले निकटका व्यवसायीहरुले उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्व गर्दै आइरहेका छन् । उद्योग वाणिज्य संघको अधिवेशनको लागि कुल ९५८ जना मतदाता रहेका छन् ।
उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्व सहमतिमै चयन गर्ने गरी पहल भइरहेको उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य संघ दार्चुलाको अधिवेसनको कार्यतालिका सार्वजनिक गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया