खडकसिंह धामी, दार्चुला । वर्षाका कारण असार महिना देखि अबरुद्ध भएको खलंगा-दल्लेख-होपरिगाड सडक ६ महिनापछि सञ्चालनमा आएको छ। सडक अबरुद्ध हुदा गाडीहरु आवतजावत बन्द रहेका थिए। उक्त सडकमा चल्ने गाडीहरु खलंगा हुदै गोकुलेश्वर देथला होपरिगाड सम्म चल्ने गरेकोमा अबदेखी नियमित खलंगा दल्लेख हुँदै होपरिगाड सिप्टिसम्म चल्ने स्थानीय सन्तोष ठगुन्नाले बताउनुभयो । महाकाली नगरपालिकाको गैरजिम्मेवारीका कारण सडक सञ्चालनमा ढिलाइ भएको नौगाडका स्थानीयको गुनासो छ । महाकाली नगरपालिका क्षेत्रमा सडक अवरुद्ध थियो, नौगाडका स्थानीय प्रकाश धामीले भन्नुभयो, महाकाली नगरपालिकाका जनप्रतिनिधिहरुले उक्त क्षेत्र भन्दा माथि हाम्रा मतदाता तथा जनता नभएकोले सडक मर्मत नगर्ने आशयका गैरजिम्मेवार जवाफ दिएपछि सडक लामो समय अवरुद्ध बनेको हो ।
अधिकाँस ग्रामीण भेगका सडकहरुमा हिउदको ६ महिना मात्र गाडी चल्ने गर्दछन। भने वर्षातमा बाढीपहिरोले सडक नै भत्किने तथा भासिने गर्दछन। त्यस्तै दार्चुला जिल्लाको सदरमुकाम खलंगा दल्लेख हुँदै होपरिगाड सिप्टिसम्मको सडकमा हिउदको महिनामा मात्रै गाडी चल्छन भने वर्षातमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ । खलंगा देखि दुंहु हुदै व्याँस गाउँपालिकाको केन्द्र जोड्ने दार्चुला तिकंर सडक समेत बर्षातको समयमा अवरुद्ध हुने गरेको छ । ग्रामीण क्षेत्रका कच्चि सडकहरु नियमित सञ्चालन नहुदा यातायात व्यवसायी र यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।
जोखिम मोलेर जीप चलाउछन चालक, यात्रुलाई सास्ती
दार्चुलाका अधिकाँस सडकहरुमा चालकहरुले जोखिम मोलेर सवारी साधन चलाउनुपरेको छ भने यात्रुहरु पनि सास्ति हुने गरेको छ । ग्रामीण भेगका सडकहरु कच्ची भएकै कारण जोखिम मोलेर चलाउनुपर्ने अवस्था सिर्जना भएको छ। यात्रीहरुलाई गन्तव्य स्थानसम्म पुर्याउनका लागि ज्यानको प्रवाह नगरी सवारि साधन चलाउनुपरेको जीप चालक जय सिह ठगुन्नाको भनाइ छ। सडकको अवस्था कहि हिल्लाम्मे त कही खाल्डाखुल्डी भएर जीप नै सडकबाट हुत्तिने अवस्थामा पुग्ने गरेको उहाको गुनासो छ। सवारिहरुलाई नियमित सेवा दिनै पर्छ, उहाँले भन्नुभयो, आफ्नो भएको रोजगारी पनि यही हो जीप चलाएरै घर खर्च चलाउनुपर्छ ।
दार्चुला जिल्लाका ग्रामीण क्षेत्रका सडकहरु छिट्टै स्तरोन्नति भए सबैका लागि सहज हुने अर्का जीप चालक धन सिह मन्यालको भनाई छ। अर्का तिर महंगी भाडा र यात्रा गर्न लामो समयसम्म सवारी कुर्नुपर्ने झनझटबाट यात्रुहरुले सास्ती झेल्नुपरेको छ। जीपहरु छिटफुट रुपमा चल्ने तथा भनेको समयमा नपाइने समस्याले यात्रुहरु झन मर्कामा परेका छन। भाडादर एकिन छैन जीप चालकहरुले मनपरी ढंगले भाडा असुल्ने गरेको नौगाड ४ का स्थानीय विशन सिह बोहराले बताउनुभयो ।
आकस्मिक कुनै काम परिहाले पनि सवारी साधन भनेकै समयमा उपलब्ध नहुने तथा उपलब्ध भए पनि भाडादरमा महंगाई हुने गरेको अर्का स्थानीय कुमार ठगुन्नाको भनाई छ। गरिबी छ, घरका कोही बिरामी परे पनि अस्पताल सम्म पुर्याउन सवारी साधन जीप नै कुर्नुपर्छ, तर भाडा महंगाइ छ, गुनासो गर्दै उहाँले भन्नुभयो, जीप चालकहरुले खलंगा देखि सिप्टिसम्मको भाडा ५ सयदेखी ८ सयसम्म लिने गरेका छन।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया