नेकपा माओबादी केन्द्रको नौगाडमा सम्मेलनः धनिराम ठगुन्नाको नेतृत्वमा कमिटी चयन

दार्चुला । नेकपा माओबादी केन्द्रको नौगाड गाउँपालिकामा पालिका सम्मेलन सम्पन्न भएको छ । धनिरामसिहं ठगुन्नाको अध्यक्षतामा ५५ सदस्यिय कमिटी चयन गर्दै सम्मेलन सम्पन्न भएको हो । कमिटीको उपाध्यक्षमा गायत्री रावल, गोरे धामी, बहादुर टमटा, सचिवमा राजेन्द्र सिह बोहरा, सह–सचिवमा लालसिहँ डडाल र कोषाध्यक्षमा बिरेन्द्रसिहँ धामी चयन हुनुभएको छ ।

नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावारण मन्त्री मानबहादुर धामीको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको विशिष्ट आतिथ्यता र माओबादीको जिल्ला कमिटी सचिवालय सदस्य दल्जितसिहँ धामी लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री धामीले नौगाड सरकारलाई दरवारको संज्ञा दिदै नौगाड दरवार माथी संखा उब्जिएको टिप्पणी गर्नुभयो । विकास र परिवतर्ननमा नेकपा माओबादी केन्द्रको देन रहेको बताउदै उहाँले अन्य राजनीतिक दलहरुलाई विभिन्न आरोप लगाउदै तिखो कटाक्ष गर्नुभयो । यस्तै मार्मा गाउँपालिका अध्यक्ष जमन धामीले दिल्ली भागेको भगौडा बोलाएर पार्टीमा ल्याउदा समेत घात गरेको टिप्पणी गर्नुभयो । विकासका लागि माओबादीमय देश बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले समृद्धि कसरी ल्याउनु पर्छ भनेर मार्मा बाट सिक्न सुझाउनुभयो । माओबादीमा जनलहर बढ्दै गएको उहाँको भनाई छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?