माओबादी केन्द्रको दार्चुला–काठमाण्डौँ पालिका सम्पर्क समन्वय समिति गठन (सूची)

दार्चुला । नेकपा माओबादी केन्द्रको दार्चुला–काठमाण्डौँ पालिका/नगर सम्पर्क समन्वय समिति गठन गरिएको छ । दार्चुलाका व्यास बाहेक आठ वटा स्थानीय तहबाट सम्पर्क समन्वय समिति पदाधिकारी र सदस्यहरु चयन गरिएको हो ।

दार्चुला–काठमाण्डौँ पालिका÷नगर सम्पर्क समन्वय समिति अन्तरगत महाकाली नगरपालिकाको अध्यक्षमा सुरेन्द्रसिंह कुवँर, शैल्यशिखर नगरपालिकाको अध्यक्षमा नरेन्द्रसिह गोयला, मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा इन्द्रसिह धामी, लेकम गाउँपालिकाको अध्यक्षमा धनुषकुमार भट्ट, मार्मा गाउँपालिका अध्यक्षमा रोशन बिष्ट, अपिहिमाल गाउँपालिकाको अध्यक्षमा बमबहादुर धामी, नौगाड गाउँपालिका अध्यक्षमा हरिश कुमार धामी, दुहुँ गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर कुवँर चयन भएको सुदूरपश्चिम काठमाण्डौँ संयोजक मोहनदेब बिष्टले जानकारी दिनुभयो । ज्ञानदेब भट्टको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेकपा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज खगराज भटट्को प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य रेणु चन्द, युवा नेता एबं प्रदेश कमिटी सदस्य पदम जोशी लगायतको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रमको अवसरमा मृगौला पीडित दार्चुलाको हिकिलाका एक दम्पतीलाई ८१०० राहत समेत हस्तान्तरण गरिएको थियो ।

पालिकाका पदाधिकारी र सदस्यको सूची हेर्नुहोस

No description available.

 

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?