जन्ती बोकेको जीप दुर्घटना: घटनास्थलमै चार जनाको मृत्यु

दार्चुला । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका वडा नम्बर ६ सेरा तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

आइतबार राती साढे आठ बजेतिर भएको जीप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । जीपमा कति जना सवार रहेका थिए भन्ने कुरा एकीन भएको छैन् । जीप सडकबाट चार सय मिटर तल खसेको बताइएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट गएको प्रहरी टोली भर्खरै घटनास्थलमा पुगेकोले थप बिवरण आउने क्रममा रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?