दार्चुला । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । मेलौली नगरपालिकाको सुपप्र ०२००१ द २५ नम्बरको ट्याक्टर शिवनाथ गाउँपालिका ६ ओइला भन्ने स्थानमा सोमबार साँझ साढेसात बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
पञ्चेश्वरको आम्चोरबाट मेलौली तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक मेलौलीका २२ बर्षीय विजयसिंह नायक घाइते भएका प्रवक्ता खड्काले बताउनुभयो । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको बताइएको छ । घाइतेको प्रहरीले उद्धार गरेर अस्पताल पठाइएको प्रवक्ता खड्काले बताउनुभयो ।
ट्याक्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । बैतडीमा आइतबार मात्रै जिप दुर्घटना हुँदा एकै वडाका ५ जना सहित ६ जनाको ज्यान गएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया