लेकमको खिर्रा-बडिपुर सडक तिब्र गतिमा निर्माण गरिदै, स्थानीय हर्षित (फोटोफिचर)

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर १ मा पर्ने खिर्रा बडिपुर सडक निर्माण कार्य धमाधम भइरहेको छ । लेकम गाउँपालिकाको १३ लाख बजेटमा उक्त सडकखण्ड निर्माण भइरहेको बताइएको छ । मोहनसिह साउँदको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर उक्त समितिमार्फत काम भइरहेको लेकम गाउँपालिकाले जनाएको छ ।

विगतमा ऐरीछाना धनथला सडक अन्तरगत लेकम गाउँपालिका वडा नम्बर १ खिर्रासम्म सडक निर्माण गरिएको थियो । यस्तै बंगाबगरदेखि बडिपुरसम्म समेत सडकको ट्र्याक खुलाइएको छ । खिर्रा बडिपुर सडक निर्माण सम्पन्न भए सर्मोलीको दुबैतर्फ सडकमार्ग खुल्ने भन्दै स्थानीय उत्साहित भएका छन् । यसै गतिमा सडक निर्माण हुने हो भने दुई दिनमै बडिपुरस्थित वडा कार्यालय र माबि सर्मोलीसम्म सडक पुग्ने स्थानीय महादेब साउँदले बताउनुभयो । थोरै अप्ठेरो रहेको खिर्रा भिर पास भइसकेकोले बजेटले भ्यायो भने अब बडिपुरसम्म सडक निर्माण गर्न धेरै समय नलाग्ने उपभोक्ता समितिले जनाएको छ ।

सर्मोलीका स्थानीयले दार्चुलामा सबैभन्दा पहिले सडक देखेपनि गाउँबाट चढ्न पाएका थिएनन, साउँदले भन्नुभयो, बैतडीको सतबाँझ हुँदै गोकुलेश्वरबाट दार्चुला जाने सडक सर्मोलीकै फेद (पयान) बंगाबगर भएर जान्छ, दुई दशक पहिले नै सडक देखेका सर्मोलीबासीले गाउँसम्म मोटरबाटो नपुग्दा अझैपनि बजारसम्म जान पैदल हिड्नुपरेको छ । गाउँमा सडक निर्माणको काम थालिएसंगै अब गाउँबाटै गाडी चढ्न पाइने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । अहिले निर्माणाधिन सडक निर्माण सम्पन्न भए सर्मोलीबाट तराइका जिल्लाहरु झर्न जिल्लामै सबैभन्दा जनिक पर्छ भने दार्चुलाको प्रमुख बजार खलंगा गोकुलेश्वर समेत गाउँबाटै गाडीमा जान सकिने छ ।

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

तस्बिरः महादेब साउँद (मुस्कान)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?