दार्चुला । लेकम गाउँपालिकाको एम्बुलेन्स नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले नियन्त्रणमा लिएको छ । लेकमको एम्बुलेन्समा स्थानीयबाट मदिरा ओसारपसार गर्ने, लुकिछिपि बिरामीबाहेकका यात्रुहरुलाई बोक्ने लगायत विभिन्न गुनासो आउन थालेपछि मंगलबार राती १० बजे ऐरीछानाबाट नियन्त्रणमा लिइएको विप्लव दार्चुलाका सचिव भरत मल्लले जानकारी दिनुभयो । राती बिहेको सामान बोकिरहेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
यो विषयमा एम्बुलेन्स चालक धर्मानन्द पन्तलाई बुझ्दा लेकमबाट बिरामी ल्याउन ऐरीछाना गएकोमा एक्कासी उनिहरुले (विप्लप कार्यकर्ताले) एम्बुलेन्सको चाबी मागेर एम्बुलेन्स नियन्त्रणमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ऐरिछानाबाट एम्बुलेन्स पक्राउ गरेको छ, गय राती बिरामी मान्छे ल्याउन ऐरीछाना गएको हु, धनगढीबाट आएका बिरामीलाई पालिका (खरकडा) पुर्याउनु पर्ने भएकोले गएको हु, बिरामीसंग एक जना अर्का महिला पनि हुनुहुन्थ्यो, उनिहरुको साथमा झोला पनि थियो, झोलामा के सामान रहेछ थाहा भएन तर मैले बिरामी बोक्नकै लागि एम्बुलेन्स लगेर गएको हुँ । उनिहरुको घरमा विवाह समेत भएकोले केहि विवाहको सामान समेत साथमा रहेको हुनसक्ने बताइएको छ ।
लेकमका केहि स्थानीय बाट गाउँपालीकाको एम्बुलेन्सले जाँडरक्सी (मदिरा) समेत बोक्ने गरेको गुनासो आएको छ नी भन्ने प्रश्नमा उहाँले मैले असार ६ गतेदेखि एम्बुलेन्स चलाइरहेकोछु, पहिले के रहेछ मलाइ थाहा भएन तर मैले आएपछि त्यस्तो कुनै काम गरेको छैन् । गोकुलेश्वरबाट बिरामी लेकम पुर्याएको दुईतर्फी भाडा लिने गरेको लेकमका स्थानीय दिपक बिष्टले बताउनुभयो । भाडाको विषयमा चालक पन्तले गाउँपालिकाको नियम अनुसार लेकममा एम्बुलेन्स हुने भएकोले लेकमबाट गोकुलेश्वर वा बाहिर बिरामी पुर्याएको एकतर्फी भाडा लाग्ने र गोकुलेश्वरबाट माथि आउने बिरामीलाई लेकमबाट गएर ल्याउनुपर्ने भएकोले दुइतर्फी भाडा लिने गरिएको बताउनुभयो ।
सु.प.प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स विप्लव दार्चुलाको नियन्त्रणमा रहेको बताइएको छ । हिजो राति १० बजे नियन्त्रणमा लिएको एम्बुलेन्स फिर्ता गर्ने विषयमा कुरा भइरहेको लेकमका एक जना कर्मचारीले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।
बिरामी बोक्नुपर्ने एम्बुलेन्सले अन्य सामाग्री र यात्रुहरु बोक्न थालेपछि नियन्त्रणमा लिनुपरेको विप्लप नेकपाका नेताहरुले प्रतिक्रिया दिएका छन् । विप्लपले ऐरीछानाबाट प्रक्राउ गरेको एम्बुलेन्सबाट बिहेको सामान बरामद गरेको भनेर मिडिया र सामाजिक सञ्जालमा तस्बीरहरु राखिएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया