महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदवारी, गोबर्धन कोली निर्विरोध चयन

दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेसनका लागि दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा ५९ जनाले मनोनयन दर्ता गराएका छन् । २५ जना महाधिवेसन प्रतिनिधि छनोट गर्नुपर्नेमा सहमति नजुटेपछि निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिएको हो ।

दलित प्रतिनिधितर्फ कांग्रेश दार्चुलाका सचिव समेत रहनुभएका गोबर्धन कोली निर्विरोध चयन हुनुभएको छ । दलिततर्फ कोलीको मात्रै उम्मेदवारी परेकोले निर्विरोध भइसकेको र घोषणा हुन बाँकी रहेको नेताहरुले बताएका छन् । महिला प्रत्यक्षतर्फ ४ जना चयन गर्नुपर्नेमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ । महिलामा प्रत्यक्ष तर्फ यसोदा तिंकरी, शान्ति देवी बम, राजमती पाल, ईश्वरी जोशी र नन्दा बमले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट १० जना चयन गर्नुपर्नेमा दानबहादुर विष्ट, लालबहादुर धामी, अम्बादत्त जोशी, विक्रमसिंह धामी, गणेशराज भट्ट, लोकेन्द्रसिंह लोथ्याल, कर्णबहादुर बम, जगदिशबहादुर पाल, सुरेन्द्रप्रसाद अवस्थी, महादेवबडू, धिरेन्द्रसाउँद, गौरीशंकर गिरी, नन्दनसिंह बडाल, शम्भुप्रसाद जोशी, मानसिंह बुढाथोकी, इन्जिनियर जयराज विष्ट, केशवसिंह भण्डारी, नरेन्द्र सिंह धामी, दिलिप सिंह बुढाथोकी, मदन गिरी, हरकसिंह विष्ट, चन्द्रसिंह सामन्त, गणेशसिंह बुढाथोकी, लालसिंह धामी, गोपालदत्त जोशी गरेर २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

महाधिवेशन प्रतिनिधि खस आर्य महिला समानुपातिकबाट ४ जना चयन गर्नुपर्नेमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खस आर्य महिला समानुपातिकबाट शान्ति धामी, देवकीदेवी बोहरा, सुना जोशी, संगिता चन्द, ललिता बम, द्रोपती डागा, सुना बोहरा र आनन्दी पन्त भट्टले उम्मेदावरी दर्ता गराएका छन् । महाधिवेशन प्रतिनिधि खसआर्य खुल्ला समानुपातिक पुरुषबाट ५ जना चयन गर्नुपर्नेमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पुर्णसिंह बोहरा, करविर सिंह कार्की, रमेशदत्त भट्ट, सुरेन्द्रबहादुर बम, कर्णबहादुर खडायत, सुरेन्द्र अवस्थी, वीरसिंह शाहु, गणेशदत्त जोशी, दिवाकर जोशी, गोकर्णबहादुर चन्द, कृष्णप्रसाद भट्ट छत्ती, मोहनदेव पन्त, पदमराज पन्त र धन सिंह जागरीले उक्त पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

महाधिवेशन प्रतिनिधि अपाङ्ग अल्पसंख्यकबाट एक जना चयन गर्नुपर्नेमा विष्णुदत्त मिश्र, बासुदेव ऐतवाल, चक्रसिंह ह्याकी, ओमप्रकाश तिंकरी, विनोदसिंह बोहरा र केशवराज बडू गरेर ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेश दार्चुलाको नेतृत्व चयनका लागि निर्वाचन हुने निश्चित जस्तै देखिएको छ । महाधिवेसन प्रतिनिधिमा २५ जनाका लागि ५९ जनाको उम्मेदवारी परेको छ । भने पदाधिकारी र जिल्ला कार्यसमितिमा ३५ जनाका लागि ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापतिका लागि ललितसिह बोहरा र अमरसिह धामीको उम्मेदवारी दर्ता भएको छ । बोहरा वर्तमान जिल्ला सभापति हुन भने धामी उपसभापति हुन् ।

उपसभापतिमा ९ जना, सचिवमा ७ जना, सहसचिवमा ५ जनाले मनोनयन दर्ता गराएका छन् । सभापतिसहित सदस्य पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएपनि केहिले उम्मेदवारी फिर्ता लिएकोले उक्त संख्या घट्ने बताइएको छ । यद्धपी यो समाचार तयार पार्दासम्म उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएको छैन् । कांग्रेश दार्चुलाको जिल्ला सभापतिमा एक जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिव २ जना, जिल्ला कार्य समिति सदस्यमा भूगोल र समावेसीसहित ३५ जना निर्वाचित हुनेछन् ।

सभापतिमा बोहरा र धामी गरी दुई जनाको मात्रै उम्मेदवारी परेको छ । उपसभापति पदका लागि उमेशसिह खत्री, मानबहादुर बम, महेन्द्रराज जोशी, सन्तोष ऐतवाल, लालसिह धामी, ललितसिह ठगुन्ना, पदमराज पन्त र महादेव बडूले मनोनयन दर्ता गराएका छन् । सचिवका लागि माधवराज भट्ट, पुलेन्द्रबहादुर कार्की, उपेन्द्रसिह धामी, महेन्द्रप्रसाद बडू, देवसिह धामी, महेशसिह धामी, बीरबहादुर डडालले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिव पदका लागि राजेन्द्रप्रसाद जोशी, दिलानन्द जोशी, राजु अवस्थी, सुना बोहरा र सन्तोष दयाली गरी ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा मनोनयन दर्ता गरेका पदमराज पन्त, सचिवबाट रुपेन्द्रसिह धामी, सहसचिवबाट सुना बोहरा, दलित महिला सदस्यबाट द्रोपती लुहार, दुर्गा पार्की, दुर्गा लुहार र सदस्य राजुराम लावडले उम्मेदवारी फिर्ता लिन सहमति जनाएको बताइएको छ ।

केहि उम्मेदवारले उम्मेदवारी फिर्ता गर्ने सम्भावना रहेकोले अन्तिम सूचि प्रकाशन गर्न बाँकी रहेको छ । जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागी भोली विहान ९ बजे देखी मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार: कांग्रेश दार्चुलाको कार्यसमितिका लागि ७६ जनाको उम्मेदवारी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?