दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ होपरी घर भएका राजन महताले १८ बर्षमै संसार छोडेका छन ।
होपरी घर भएका १८ वर्षीय राजन गय राती ललितपुरको पुलचोकस्थित आफ्नै बस्ने घरको भय्राङमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । महता हाल त्रिपद्मा कलेजमा कक्षा ११ मा अध्यनरत थिए।
मृत्युको कारण भने खुल्न नसकेको उनका आफन्त दशरथ कोट्टारीले बताउनुभयो । पछिल्लो समय आत्महत्याका घटना बढेको प्रहरी तथ्यांकले देखाउछ ।
परिवार, शिक्षक र आफन्तले आफ्ना बालबालिकाको बानी, व्यवहार, स्वभाव र समस्याहरूबारे नजिकबाट बुझ्नु र उपयुुक्त समस्याको समाधान गर्नु तथा गलतमार्गमा लाग्नुभन्दा पहिले नै सचेत गराउनु, राम्रो संस्कार र जीवनशिक्षा प्रदान गर्नु आवश्यक रहेको मनोवैज्ञानिकहरू बताउछन।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया