दार्चुला । दार्चुलामा जनगणना सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालय दार्चुलाका अनुसार ६१ वटै वडाको जनगणना सम्पन्न भएको हो ।
जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ को छाङरू र तिङ्करमा जनगणना गर्न गएकाे जनगणना टोलीलाई जनगणना कार्य सम्पन्न भएपछि बिहीबार (आज) हेलिकोप्टरमार्फत खलंगा ल्याइएको छ। भारतले बाटो प्रयोगको अनुमती नदिएको र व्यासबाट दार्चुला सदरमुकाम आउने नेपालतर्फ उपयुक्त बाटो नहुदा हेलिकोप्टरमार्फत खलंगा ल्याइएको हो ।
जोखिमपूर्ण बाटोमा तीन दिन पैदल हिडेर छाङरू र तिकंर पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की नेतृत्वको टोलीलाई सुर्खेतबाट आएको हेलिकोप्टरले खलंगा ल्याएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
तिङ्करका केही बासिन्दा जनगणना गर्नुपुर्व नै बेँसी झरिसकेकोले छुट भएकाहरूको जनगणना गर्न गणकलाई जिम्मा दिईएको जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिनुभयो। जिल्लाभरीको जनगणना कार्य लगभग सकिएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया