यस्तो सम्झौतापछि विप्लप नेकपाले छोड्यो एम्बुलेन्स

दार्चुला । नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले नियन्त्रणमा लिएको लेकम गाउँपालिकाको एम्बुलेन्स दुई पक्षिय सम्झौतापछि छोडिएको छ । बिरामी बोक्नुपर्ने एम्बुलेन्समा बिहेको सामाग्री र अन्य सवारी (यात्रु) बोकेको भेटिएपछि नियन्त्रणमा लिएको एम्बुलेन्स अबदेखि यस्तो गल्ती नगर्ने र गैरजिम्मेवारी ढंगबाट एम्बुलेन्स सञ्चालन नगर्ने सहमतिपछि एम्बुलेन्स छोडिएको विप्लप नेकपाका जिल्ला नेताहरूले बताएका छन।

स्थानीय बिरामीबाट बढी भाडा लिनेगरेको, लुकिछिपि बिरामीबाहेकका यात्रु र सामाग्रीहरुलाई बोक्ने लगायत विभिन्न गुनासो आउन थालेपछि मंगलबार राती १० बजे छड्के अनुगमन गर्नेक्रममा विवाहको सामान बोकिरहेको अवस्थामा एम्बुलेन्स भेटिएपछि ऐरीछानाबाट नियन्त्रणमा लिइएको विप्लव दार्चुलाका सचिव भरत मल्लले जानकारी दिनुभयो ।

यो विषयमा एम्बुलेन्स चालक धर्मानन्द पन्तलाई बुझ्दा लेकमबाट बिरामी ल्याउन ऐरीछाना गएकोमा एक्कासी उनिहरुले (विप्लप कार्यकर्ताले) एम्बुलेन्सको चाबी मागेर एम्बुलेन्स नियन्त्रणमा लिएको बताउनुभएको थियो, तर विहिबार गल्ती स्वीकार गर्दै अबदेखि गल्ति नगर्ने सम्झौता गरेर एम्बुलेन्स छुटाईएको छ । आफुले चालक भएदेखि मदिरा ओसारपसार नगरेको र पहिले बोकेनबोकेको विषयमा आफुलाई जानकारी नभएको पन्तले बताउनुभयो ।

सु.प.प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स विप्लव दार्चुलाले नियन्त्रणमा लिएकोमा आज छोडिएको हो ।

सम्बन्धित समाचार: लेकमको गाउँपालिकाको एम्बुलेन्स विप्लव नेकपाको नियन्त्रणमा, के भन्छन चालक?

 

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?