दार्चुला । विहिबार राती नेपाली कांग्रेश दार्चुलाको मतगणनास्थल दार्चुला विकास संगठनको हल बाहिर झडप हुदा घाइते भएका तीन जनालाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको छ । घाइते तीनै जनालाई विहिबार राती ११ बजे जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो । शरीर, हात, नाक र टाउकोमा चोट देखिएपछि उनिहरुलाई थप उपचारका लागि पिथौरागढ रेफर गरिएको हो ।
सभापतिका उम्मेदवार ललितसिह बोहरा र अमरसिह धामी पक्षबिच मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला झडप भएको थियो । बोहरा पक्षले धामी पक्षका कार्यकर्ताहरुलाई मतगणनास्थलमा प्रवेश गर्न अवरोध गरेपछि झडप भएको र झडपमा धामी पक्षका केहि कार्यकर्ता घाइते समेत भएका थिए । घाइते हुनेहरुमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्त बहादुर साउँद लगायत रहेका थिए । कांग्रेशका एक नेताले बताएअनुसार राजेन्द्र बिष्टको हातमा, सुरेश बिष्टको टाउकोमा र बसन्त बहादुर साउदको नाकमा बढी चोट लागेको छ । घाइते हुनेहरु सभापतिका उम्मेदवार धामीको गृहक्षेत्र शैल्यशिखर नगरपालिकाबासी हुन् ।
नेपाली कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन अन्तरगत क्षेत्र १ (क) को मतगणना शुक्रबार दिउँसो नै सम्पन्न भइसकेको भएपनि क्षेत्र (ख) को मतगणना बेलुकी ८ बजेसम्म सुरु भएको छैन् । दिउँसोपछि मतगणनास्थल दार्चुला विकास संगठनको हलबाट महेन्द्र नमुना माबि खलंगामा सारीएको छ । बेलुकी ८ बजेपछि जिल्ला सदरमुकामस्थित महेन्द्र नमुना माबिबाट क्षेत्र (ख) को मतगणना गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । धामी पक्षिय नेताहरुले क्षेत्र (क) बाट सुनियोनित असहयोग भएको प्रतिक्रिया दिएका छन् ।
क्षेत्र नम्बर १ (क) को ५३७ मत गणना हुदा सभापतिमा ललितसिह बोहराको ३७९ मत प्राप्त भएको छ भने सभापतिका अर्का उम्मेदवार अमरसिह धामीको १४५ मत मात्रै प्राप्त भएको छ । उपसभापतिमा महादेब बडू कश्यपको सबैभन्दा बढी ३७२ मत छ । ललितसिह ठगुन्ना २९५, उमेशसिंह खत्री ११७, शन्तोषकुमार सिह ऐतवाल ८४ र मानबहादुर बमको ६४ मत छ । सचिवमा पुलेन्द्रबहादुर कार्कीको सबैभन्दा बढी ४१६, माधवराज भट्टको २२०, महेन्द्रप्रसाद बडूको १७३, बिरसिह डडाल १००, महेशसिंह धामी ६२ र देबसिह धामीको ४१ मत प्राप्त भएको छ । सहसचिवमा राजु अवस्थी २७३, राजेन्द्रप्रसाद जोशी २८५, सन्तोष दयाली १६२ र जयानन्द जोशीको ९५ मत प्राप्त भएको छ ।
अहिलेसम्म दार्चुला सदरमुकाम खलंगासमेत रहेको क्षेत्र (क) को मतगणना भएकोले क्षेत्र (क) गृहक्षेत्रभएका उम्मेदवार नेताहरुको अग्रता देखिएको छ । क्षेत्र (ख) को मतगणनाको तयारी भइरहेको छ । सभापतिमा बोहरा क्षेत्र (क) घर भएका हुन भने अमरसिह धामी क्षेत्र (ख) का हुन् । मतगणना सुरु हुनैलाग्दा दुबै पक्षबिच झडप भएपछि मतगणना निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको थियो । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ ।
पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् । नेपाली कांग्रेशको सभापतिसहित ४२ सदस्यिय जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी छ । यस्तै २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदारी छ । बोहरा पौडेल पक्षका उम्मेदवार रहेको र मन्त्री बडू समेत पौडेल पक्षमै रहनुभएको छ । अमरसिह धामीलाई भने देउवा पक्षको उम्मेदवारका रुपमा हेरिएको छ । गोकुलेश्वरसहितको (ख) क्षेत्र अमरसिह धामीको गृह क्षेत्र भएकोले मतान्तर घटबढ हुने अनुमान गरिएको छ । यद्धपी (क) क्षेत्रमा बोहराको मतान्तर दोब्बर भन्दा बढी भएकोले बोहरा सभापति बन्ने सम्भावना बढेको नेताहरु बताउछन् । कसले निर्वाचनमा बाजी मार्छ भन्ने कुरा (ख) क्षेत्रका मत गणना गरेपछि एकिन हुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया