उद्योग बाणिज्य संघको अध्यक्षका लागि भोलि निर्वाचन, थापा र पन्त चुनावी प्रतिस्पर्धामा

दार्चुला । उद्योग बाणिज्य संघ दार्चुलाको अध्यक्ष पदका लागि भोलि विहान ९ बजेदेखि मतदान हुने भएको छ । उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनबाट अध्यक्ष बाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएपनि अध्यक्षमा सहमति जुट्न नसकेपछि निर्वाचन हुन लागेको हो । अध्यक्षका लागि पूर्वअध्यक्ष समेत रहनुभएका सुरेशसिह थापा र पुर्व उपाध्यक्ष रहनुभएका इन्द्रराज पन्तबिच प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्षबाहेक पदाधिकारी र सदस्यमा भने अध्यक्षका उम्मेदवार सुरेशसिह थापा प्यानलका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । उद्योग बाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर महराका अनुसार अध्यक्ष सुरेश थापा र इन्द्रदेब पन्तको उम्मेदवारी छ । बरिष्ठ उपाध्यक्षमा बिसन बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, बाणिज्य उपाध्यक्षमा हरकसिह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिह धामी, सहकोषाध्यक्ष प्रेमसिह डडाल, सदस्यहरुमा करनसिह बडाल, भुवनसिह धामी, प्रकाश सामन्त, इन्द्रसिह ठगुन्ना, कम्मानसिह ठगुन्ना, राजेशसिह नेपाली, दलजितसिह महता, दिनेश निरौला, सुरेन्द्रसिह बडाल निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि गत शनिबार उम्मेदवारी घोषणा गर्दै सुरेशसिह थापाले निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनकालागि आफुले उमेद्वारी दिएको बताउनुभएको थियो । थापा नेकपा एमाले निकट हुन भने पन्त नेपाली काग्रेस निकट हुन् । यद्धपी थापा प्यानलबाट कांग्रेश र माओबादी निकटका उम्मेदवारहरुको समेत उम्मेदवारी रहेकोले आफ्नो उम्मेदवारी साझा रहेको थापाले बतायनुभयो । लामो समयदेखि नेकपा एमाले निकटका व्यवसायीहरुले उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्व गर्दै आइरहेका छन् । अध्यक्षका उम्मेदवार ईन्द्रदेव पन्तले पनि व्यवसायीहरुको हकहित र अधिकारका पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

अध्यक्षका लागि आइतवार बिहान ९ बजेदेखि अप्राहन्न ४ बजेसम्म मतदान हुने बताइएको छ । निर्वाचन अधिकृतको जिम्मेवारीमा धिरेन्द्र साउँद रहनुभएको छ । उद्योग वाणिज्य संघको अधिवेशनको लागि कुल ९५८ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?