रावललाई ओलीको व्यंग्यात्मक जवाफः अरूले उम्मेदवारी नदिए कोसित लड्नुहुन्छ?

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले जसरी पनि चुनाव लड्न खोजेको भन्दै कटाक्ष गरेका छन् । १० औं महाधिवेशनको बन्दसत्रले अध्यक्ष केपी ओलीलाई सर्वाधिकार दिएकोमा उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका थिए।

पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएपछि रावलले आफू उम्मेदवारी फिर्ता नलिने बताएका छन् । बन्दसत्र समापन गर्ने क्रममा रावललाई व्यंग्यात्मक जवाफ दिँदै ओलीले भने, ‘पहिले मनोनयन त गर्नु । अनि पो फिर्ता लिने नलिने कुरा हुन्छ । म लड्छु लड्छु भन्नुहुन्छ भोलि तपाईंले मात्र मनोनयन दिएर अरुले दिएन भने को सँग लड्नु हुन्छ ? जसरी पनि लड्छु भन्दै गर्दा लड्ने नपाएर आपत पर्दैन ?’

ओलीले सहमतिबाट नेतृत्व चयन गर्नु आजको आवश्यकता भएको बताए । उनले भने, सकेसम्म सहमतिमा नेतृत्व चयन नै आजको आवश्यकता हो । नभए जसजस्लाई मन छ उठे हुन्छ । निर्वाचन गरे पनि सर्वसम्मत भएपनि नतिजा त उस्तै उस्तै होला ।

नेकपा एमालेको १० औं महाधिवेशन अन्तरगत निर्वाचनसम्बन्धि सम्पूर्ण प्रक्रिया भोली बिहानबाट सुरु हुने भएको छ । शुक्रबारबाट जारी महाधिवेशनमा आइतबार विहान ८ बजेबाट निर्वाचन सम्बन्धि प्रक्रिया सुरु हुने निर्वाचन आयोग प्रमुख डा. बिजय सुब्बाले बताए । बन्द सत्र भने भोलि बिहान १० बजेदेखि पुनः शुरु हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?