सुदूरपश्चिमेली समाज जापान क्युस्युको आयोजनामा दुहुँका पहिरो पीडितहरुलाई राहत बितरण

दार्चुला । सुदूरपश्चिमेली समाज जापान क्युस्युको आयोजनामा दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडितहरुलाई राहत बितरण गरिएको छ। जापानबाट सुदूरपश्चिम समाज जापान क्युस्युका अध्यक्ष बिरेन्द्र बहादुर कुवँरको बिशेष सक्रियता र सहयोगमा राहत सङ्कलन गरिएको थियो । बाढीपहिरोबाट पीडित ६२ पीडित परिवारलाई २५ किलोग्राम चामल, १/५ लिटर खाने तेल, एक किलोग्राम नुन, एक किलोग्राम दाल, एउटा नुहाउने साबुन, एउटा कपडा धुने साबुन, ३ वटा कापि, २ कलम, एक कम्बल वितरण गरिएको हो ।

बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवार सुरेन्द्र महर, करन डडाल, बिमला कार्की, बसन्ति कार्की गरी ४ परिवार लाई नगद १० हजार रुपियाँ बितरण गरिएको छ। हर्क बहादुर ठकुरीको अध्यक्षतामा र गणेश सिह कुवरको प्रमुख अतिथ्यता एबं मनोरथ भट्टको विशिष्ट आतिथ्यतामा सञ्चालन भएको राहत बितरण कार्यक्रमको सञ्चालन सुरेन्द्र बहादुर बमले गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?