दार्चुला । उद्योग बाणिज्य संघ दार्चुलाको अध्यक्ष पदका लागि निर्वाचन सुरु हुन लागेको छ । उद्योग बाणिज्य संघ दार्चुलाका कार्यकारी अधिकृत अमर महराका अनुसार मतदानको सबै तयारी पुरा भइसकेको र साढे ९ बजेदेखि मतदान सुरु हुदै छ । उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनबाट अध्यक्ष बाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएपनि अध्यक्षमा सहमति जुट्न नसकेपछि निर्वाचन हुन लागेको हो । अध्यक्षका लागि पूर्वअध्यक्ष समेत रहनुभएका सुरेशसिह थापा र पुर्व उपाध्यक्ष रहनुभएका इन्द्रराज पन्तबिच प्रतिस्पर्धा भइरहेको छ।
स्रोतका अनुसार दार्चुलामा नेकपा एमाले निकट व्यवसायीहरुले विगतदेखि नै उद्योग बाणिज्य संघ दार्चुलाको नेतृत्व गरिरहेको र थापाले संयुक्त प्यानलको समेत नेतृत्व गरेर उम्मेदवारी दिएकोले अध्यक्षमा सुरेशसिंह थापा निर्वाचित हुने सम्भावना प्रबल छ । अध्यक्षबाहेक पदाधिकारी र सदस्यमा भने अध्यक्षका उम्मेदवार सुरेशसिह थापा प्यानलका उम्मेदवारहरु यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । थापा नेकपा एमाले निकट हुन भने पन्त नेपाली काग्रेस निकट हुन् । यद्धपी थापा प्यानलबाट कांग्रेश र माओबादी निकटका उम्मेदवारहरु समेत निर्विरोध निर्वाचित भइसकेकोले थापालाई साझा उम्मेदवारको रुपमा हेरिएको छ ।
यसअघि दार्चुला उद्योग बाणिज्य संघ दार्चुलाको बरिष्ठ उपाध्यक्षमा बिसन बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, बाणिज्य उपाध्यक्षमा हरकसिह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिह धामी, सहकोषाध्यक्ष प्रेमसिह डडाल, सदस्यहरुमा करनसिह बडाल, भुवनसिह धामी, प्रकाश सामन्त, इन्द्रसिह ठगुन्ना, कम्मानसिह ठगुन्ना, राजेशसिह नेपाली, दलजितसिह महता, दिनेश निरौला, सुरेन्द्रसिह बडाल निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष पदका दुबै उम्मेदवारले निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनकालागि आफुले उमेद्वारी दिएको बताएका छन् । लामो समयदेखि नेकपा एमाले निकटका व्यवसायीहरुले उद्योग वाणिज्य संघ दार्चुलाको नेतृत्व गर्दै आइरहेका छन् । निर्वाचन अधिकृतको जिम्मेवारीमा धिरेन्द्र साउँद रहनुभएको छ । उद्योग वाणिज्य संघको अधिवेशनको लागि कुल ९५८ जना मतदाता रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया