पिथौरागढमा नेपाल-भारत सीमा सुरक्षा बैठक सम्पन्न, दार्चुला र बैतडीको टोली फर्कियो

दार्चुला । नेपाल–भारत सीमा सुरक्षा बैठक पिथौरागढमा शनिबार सम्पन्न भएको छ । भारतको पिथौरागढ जिल्लासंग जोडिएका नेपालका दार्चुला र बैतडीका जिल्ला सुरक्षा समिति पदाधिकारीसहितको बैठक पिथौरागढमा सम्पन्न भएको हो । सीमा सुरक्षा बैठकमा सहभागि भएर नेपाली सुरक्षा अधिकारीहरु आइतबार (आज) स्वदेश फर्किएका छन् ।

सीमा बैठकमा भाग लिनका लागि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको नेतृत्वमा दार्चुलाबाट सुरक्षा अधिकारी र केही कार्यालय प्रमुखहरु पिथौरागढ गएका थिए । बैठकमा सहभागि भएर प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली बैतडी हुँदै दार्चुला आउन लागेको बताइएको छ । बैठकमा भएका निर्णयबारे टोली दार्चुला पुगिसकेपछि मात्रै आधिकारीक जानकारी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाबाट १५ जनाको टोली पिथौरागढ गएको थियो । उहाँहरु आज पिथौरागढबाट झुलाघाट हुँदै बैतडी पुग्नुभएको छ । सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सीमा क्षेत्रमा भइरहेका गतिविधिहरुको छलफल गर्न र आवश्यक सहकार्यका लागी बैठक बसेको बताइएको छ ।

दार्चुला, बैतडी र भारतको पिथौरागढ जिल्लाका अधिकारीहरुको सीमा सुरक्षा बैठक प्रत्येक बर्ष आलोपालो गरेर बस्दै आएकोमा कोरोना जोखिमका कारण विगत दुई बर्षयता बस्न सकेको थिएन । दुई बर्षपछि बसेको बैठकमा सीमा क्षेत्रका समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?