निर्वाचन प्रक्रिया सुरु, एमाले अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता

दार्चुला । नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । रावल यसअघि पार्टीको उपाध्यक्ष थिए ।

नेकपा एमालेको जारी महाधिवेशनअन्तरगत निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तरगत विभिन्न पदका लागि मनोनय दर्ता भइरहेको छ । अहिलेसम्म अध्यक्षमा रावल, अनुशासन आयोगको अध्यक्षका लागि नेता केशव बडाल र केन्द्रीय सदस्यका लागि पार्वती रावल र लक्ष्मीप्रसाद पोखरेलले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि साढे ९ बजेसम्मको समय तोकिएको छ ।

अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई कमिटी घोषणा गर्ने सार्वधिकार दिएको भनिए पनि असन्तुष्टहरु बढेकाले चुनाव हुने सम्भावना धेरै छ । पदाधिकारीको सूचीमा नपरेका घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ ।

सम्बन्धित समाचार: दार्चुलाबाट गणेश ठगुन्ना, बैतडीबाट लिलाधर भटट् र पुरन दयाल केन्द्रीय सदस्य सिफारिस, यी हुन् एमालेका पदाधिकारी र सबै क्लस्टरका केन्द्रीय सदस्य (सूचीसहित)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?