दार्चुला । नेकपा एमालेको जारी दशौं महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता सकिएको छ । हिजो राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सूचीमा नपरेका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिए भने घनश्यम भुसाल र भीम आचार्यले उपाध्यक्ष र सचिवमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा भने घोषितबाहेक कसैले पनि उम्मेदवारी दिएनन् । त्यस्तै केन्द्रीय सदस्यमा पनि सूचीमा नपरेकाहरुले उम्मेदवारी दिएका छन् ।
ओलीले घोषणा गरेका पदाधिकारीहरुले पनि मनोनय दर्ता गराएका छन् । अध्यक्षमा ओली स्वयम्, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरिएको थियो । त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
एमालेको जारी १० औं महाधिवेशन अन्तरगत उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका नेताद्वय विष्णु पौडेल र घनश्याम भुसालले आपसमा भोट मागेका छन् । उम्मेदवारी दर्ता गरेर निस्कनै लाग्दा जम्काभेट भएका उनीहरुले आपसमा भोट मागेका हुन् ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको उम्मेदवारी दर्ता भएको छ । सचिवमा आचार्यबाहेक टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालले पनि उम्मेदवारी दिएका छन् । उनीहरु ओलीले घोषणा गरेको सूचीमा पनि परेका छन् । महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।
सम्बन्धित समाचार: दार्चुलाबाट गणेश ठगुन्ना, बैतडीबाट लिलाधर भटट् र पुरन दयाल केन्द्रीय सदस्य सिफारिस, यी हुन् एमालेका पदाधिकारी र सबै क्लस्टरका केन्द्रीय सदस्य (सूचीसहित)
उमेरहदका कारण नेकपा एमालेका चारजना पुराना नेताहरू पार्टीको नेतृत्वबाट बाहिरिएका छन् । बाहिरिनेमा अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे रहेका छन् । एमालेको विधानअनुसार ७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न पाउँदैनन् । उनीहरूलाई अन्य राजकीय पदहरूमा जान भने विधानले रोक्दैन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




