एमालेको मतदान सकियो, मत परिणाम आजै आउने

दार्चुला : नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिनुभयो ।

तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले भने । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ ।

मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।

चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गर्नुभएको थियो । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको उम्मेदवारी परेको छ । त्यसैगरी उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ । उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णसुप्रसाद रिमालले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेट र लेखराज भट्टले उम्मेदवारी दिनुभएको छ ।

मध्यरातमा मतदान हुँदा मतदातालाई केसी समस्या भए पनि लोकतान्त्रिक प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्ने अध्यक्षका उम्मेदवार भीम रावलले जानकारी दिनुभयो । रावलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी हुँदाहुँदै सदस्यमा समेत नाम राखेर निर्वाचन आयोगले त्रुटी गरेको जानकारी दिनुभएको छ । एमालेमा अध्यक्षका उम्मेदवार भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए सदस्य पद स्वीकार नगर्ने बताउनुभएको छ ।

सम्बन्धित समाचारः एमालेको महाधिवेशन इतिहास: यस्तो थियो प्रतिस्पर्धा र नेतृत्व

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?