दार्चुला । मौलिक जरोकिलो पार्टीले राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा राख्नुपर्ने माग गर्दै देशभर नमुना जनमत सङ्ग्रह सुरु गरेको छ । मङ्सिर ४ गते भक्तपुरबाट सुरु गरिएको नमुना जनमत सङ्ग्रह देशका विभिन्न क्षेत्रमा आयोजना गरिने पार्टीले जनाएको छ ।
यसैबिच नमुना जनमत सङ्ग्रह सुदुरपश्चिम प्रदेशमा पनि सुरु गरिएको पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले जानकारी दिनुभयो। मङ्सिर १० गते शुक्रबार कैलाली टिकापुरको खड्कचोकबाट नमुना जनमत सङ्ग्रह सुरु गरिएको छ । यस्तै मङ्सिर १२ गते आईतबारबाट कंचनपुर महेन्द्रनगर स्थित मदनचोकबाट पनि सुरु गरिएको उहाँले बताउनुभयो ।
मौलिक जरोकिलो पार्टीले पछिल्लो समय सुदूरपश्चिममा संगठन निर्माण, प्रचारप्रसार र जनचासोका मुद्दा उठाउने कुरालाई तिब्रता दिएको छ। पार्टीका प्रदेश अध्यक्ष अहिले दार्चुलामा विभिन्न भेटघाट, अन्तरक्रिया र संगठन विस्तारमा जुटिरहनु भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया