दार्चुला । नेपाली सेनाको श्री विकास निर्माण कार्यदल गण २ र श्री गुरु गोरख दल गुल्मले दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र नमुना माबिमा खेल र शैक्षिक सामाग्री वितरण गरेको छ । महेन्द्र नमुना माबिको छात्रावास हातामा निर्माण गरिएको टेबुल टेनिस कोर्ट र ब्याडमिन्टन कोर्ट विद्यालयलाई हस्तान्तरण गरिएको छ । साथै छात्रावासमा बस्ने १४ जना अनाथ असहाय बालबालिकालाई शैक्षिक सामाग्री, खेल सामाग्री र खेल पोसाक प्रदान गरिएको हो ।





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया