दार्चुला । नेकपा माओवादी केन्द्रले दार्चुलाका पाँच वटा स्थानीय तहमा कमिटी चयन गर्दै पालिका सम्मेलन सम्पन्न गरेको छ । विहिबार दुहुँ गाउँपालिकाको प्रथम पालिका अधिवेशनबाट मनोरथ भट्टको अध्यक्षतामा ५५ सदस्यिय कमिटी चयन गरिएको छ । यस्तै उपाध्यक्षमा भगवती बडाल र दलबहादुर बम, कमिटीको सचिवमा जमनसिह डडाल चयन भएको याइसियल दार्चुलाका इन्चार्ज सुरेन्द्र बमले जानकारी दिनुभयो ।
मंगलबार अपिहिमाल कलकसिह बोहराको अध्यक्षतामा कमिटी चयन गर्दै पालिका सम्मेलन सम्पन्न भएको थियो । यसअघि मार्मा गाउँपालिकामा नरबहादुर बिष्ट, नौगाड गाउँपालिकामा धनिराम सिंह ठगुन्ना र शैल्यशिखर नगरपालिकार कर्ण बहादुर भण्डारीको अध्यक्षतामा कमिटी चयन गर्दै पालिका सम्मेलन सम्पन्न भइसकेको छ । शुक्रबार व्यास गाउँपालिका, शनिबार महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिका र आइतबार लेकम गाउँपालिकामा पालिका सम्मेलन आयोजना गरिएको नेकपा माओबादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जमनसिह धामीले जानकारी दिनुभयो ।
सम्मेलनहरुमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सह इन्चार्ज लक्ष्मणदत्त जोशीको प्रमुख आतिथ्यता र सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको विशिष्ट आतिथ्यता रहेको मार्मा गाउँपालिका अध्यक्ष समेत रहनुभएका नेता जमन सिह धामीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया