दार्चुलामा नेकपा एकिकृत समाजवादीको कार्यालय उद्घाटन

दार्चुला । नेकपा (एकिकृत सामाजवादी) दार्चुलाको पार्टी कार्यालय एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । नेकपा एकिकृत समाजवादी दार्चुलाका अध्यक्ष बीरबहादुर ठगुन्नाको अध्यक्षता तथा  एकिकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीको प्रमुख आतिथ्यतामा विहिबार कार्यालय उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य एवं दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र विष्ट, प्रदेश कमिटी सदस्यहरु ईन्द्र सिंह बिष्ट, पर्मा ओड, दिलेन्द्र बहादुर पाल, गणेश जोशी लगायत नेताहरुको सहभागिता रहेको एकिकृत समाजवादी दार्चुलाका सह सचिव गंगादत्त जोशीले जानकारी दिनुभयो । नेकपा एसको पार्टी कार्यालय महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा मल्लोरोडमा राखिएको उहाँले बताउनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?