नेपाल उत्पीडित जातिय मुक्ति समाज नौगाडको अध्यक्षमा राम टमटा चयन

दार्चुला । नेपाल उत्पीडित जातिय मुक्ति समाजको आयोजनामा नौगाड गाउँपालिकामा पालिका स्तरीय भेला सम्पन्न भएको छ । नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष तथा नेकपा एमालेका जिल्ला कमिटी सदस्य राम टमटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा एमाले जिल्ला कमिटी सदस्य एबं नौगाड गाउँपालिका उपाध्यक्ष गौरी देबी ठगुन्ना र नेकपा एमाले जिल्ला कमिटी सदस्य एबं एमाले नौगाड गाउँ कमिटी अध्यक्ष जनक सिह ठगुन्ना विशिष्ट अतिथि रहनुभएको थियो । उक्त भेलामा नौगाड गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नन्दन सिह धामी लगायत ६ वटै वडाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

विहिबार सम्पन्न आम भेलाबाट गाउँ कमिटी गठन गरिएको छ। राम टमटा अध्यक्ष रहने गरि २१ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा रुक्मा भुल, सचिवमा दिलाराम टमटा, उपसचिवमा मोहने टमटा, गगन राम टमटा र धनबहादुर टमटालाई चयन गरिएको नौगाडबाट लोकदर्पण समाचारदाता सन्तोष ठगुन्नाले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले दलित र श्रमजीवि बर्गको उत्थानका लागि नेकपा एमालेले विगतदेखि नै संघर्ष तथा कामहरु गर्दै आएको बताउदै अगामी दिनमा उत्पीडित दलित र श्रमजीवि बर्गको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?