दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी नेतृत्वको टोलीले दार्चुलाको खलंगा–खार–देथला–पारिबगर सडकको स्थलगत अनुगमन गरेको छ । प्रदेश गौरवको योजना अन्तर्गत निर्माणाधिन खलंगा–खार–देथला–पारिबगर सडकको मन्त्रीद्धय सहित प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन गरेको हो ।
उक्त सडक पूर्वधार विकास कार्यालयमार्फत साढे १६ करोडको लगातमा निर्माण भइरहेको छ । तीन बर्षे सम्झौता भएको सडकमा चालु आर्थिक वर्षमा साढे ८ किलोमिटर सडक खण्डको ग्राभेल गर्न साढे ३ करोड बजेट विनियोजन गरिएको छ । खलंगादेखि काटैसम्मको विभिन्न ठाउँमा सडक चौडा बनाउने तथा ग्राभेल गर्ने कार्य अघि बढेको पुर्वाधार विकास कार्यालयले जनाएको छ । अनुगमनका क्रममा भौतिक पुर्वाधार विकास मन्त्री सोडारीले निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिनुभएको छ ।
नेकपा एकिकृत समाजवादी पार्टीको जिल्ला कार्यालय उद्घाटन कार्यक्रमको लागि दार्चुला पुग्नुभएका मन्त्री सोडारीले दार्चुला सदरमुकामदेखि गोकुलेश्वरसम्म जोड्ने बैकल्पिक सडक खलंगा खार देथला पारिवगर सडकलाई तिब्रताका साथ निर्माण गर्न निर्देशन दिएको बताउनुभयो । त्रिदेशीय सीमा क्षेत्र व्यासको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने समेत उहाँको भनाई छ । मन्त्री सोडारीको प्रमुख आतिथ्यतामा आज खलंगामा पार्टी कार्यालय उद्घाटन गरिएको नेकपा एस दार्चुलाका सहसचिव गंगादत्त जोशीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया