माओबादी केन्द्रको व्यासमा पालिका सम्मेलन, विपिन कुवरको अध्यक्षतामा कमिटी गठन

दार्चुला । नेकपा माओवादी केन्द्रले शुक्रबार (आज) दार्चुलाको व्यास गाउँपालिकामा पालिका सम्मेलन सम्पन्न गरेको छ । माओवादी केद्रका व्यास गाउपालिका इन्चार्ज उपेन्द्र कुवरको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सह इन्चार्ज लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सम्मेलनमा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीको विशिष्ट आतिथ्यता रहेको थियो । माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य एबं मार्मा गाउपालिका अध्यक्ष जमन सिह धामी लगायत नेताहरुको आतिथ्यता रहेको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

व्यासको पालिका सम्मेलनबाट विपिन सिह कुवरको अध्यक्षतामा ५५ सदस्यिय गाउँकमिटी चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष पान सिह कुवर, उपाध्यक्ष धन सिह कुवर, रमेश राम टमाटा, सचिव विरेन्द्र सिह धामी, सह सचिव जसपाल सिह खाती र कोषाध्यक्ष धाना डडाल कुवर चयन भएका छन् । ९ वटा स्थानीय तह रहेको दार्चुलाका ६ वटा स्थानीय तहमा पालिका सम्मेलन सम्पन्न भइसकेको माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जमनसिह धामीले जानकारी दिनुभयो ।

विहिबार दुहुँ गाउँपालिकाको प्रथम पालिका अधिवेशनबाट मनोरथ भट्टको अध्यक्षतामा ५५ सदस्यिय कमिटी चयन गरिएको छ । मंगलबार अपिहिमाल कलकसिह बोहराको अध्यक्षतामा कमिटी चयन गर्दै पालिका सम्मेलन सम्पन्न भएको छ । यसअघि मार्मा गाउँपालिकामा नरबहादुर बिष्ट, नौगाड गाउँपालिकामा धनिराम सिंह ठगुन्ना र शैल्यशिखर नगरपालिकार कर्ण बहादुर भण्डारीको अध्यक्षतामा कमिटी चयन गर्दै पालिका सम्मेलन सम्पन्न भइसकेको छ । शनिबार महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र आइतबार लेकम गाउँपालिकामा पालिका सम्मेलन आयोजना गरिएको नेता धामीले बताउनुभयो ।

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  हिमाल को तस्बिर हुनसक्छसायद ६ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?