अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस अन्तरक्रिया गरेर दार्चुलामा पनि मनाइयो

दार्चुला । आज अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस दार्चुला सदरमुकाम खलंगामा पनि मनाइएको छ । समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता भन्ने नारासहित दिवस मनाइएको हो । नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको छ ।

दिवसको अवसरमा दार्चुला सदरमुकाम खलंगा स्थित महाकाली नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला अपाङ्ग संघ दार्चुलाका अध्यक्ष गणेश गिरीले जानकारी दिनुभयो । महाकाली नगरपालिका नगर प्रमुख हंशराज भट्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख (डिएसपी) मनोहरप्रसाद भट्टको विशिष्ट आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले अपाङ्ग मैत्री विद्यालय सञ्चालनमा ल्याउन नगरपालिकाले १० लाख बजेट बिनियोजन गरेको बताएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । महाकाली नगरपालिका वडा नम्बर ७ धापमा विद्यालय सञ्चालन गरिने बताइएको छ ।

अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस भनाइएको हो । संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो ।

नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन । उनीहरु कहाँ–कस्तो अवस्थामा रहेका छन् भन्ने कुराको जानकारी समेत नभएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ । महासङ्घका अनुसार २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या साढे पाँच लाख रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?