लेकम–१ सर्मोलीमा एमालेको बैठक सम्पन्न, युवा कमिटी गठन, आठ जना पार्टी प्रवेस

दार्चुला । नेकपा एमाले लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीको बिस्तारीत बैठक सम्पन्न भएको छ । नेकपा एमाले वडा कमिटी अध्यक्ष गणेशराज विष्टको अध्यक्षता तथा जिल्ला कमिटी सचिवालय सदस्य एवं नेकपा एमाले लेकम गाउँपालिका कमिटी इन्चार्ज परमानन्द जोशीको प्रमुख आतिथ्यता र लेकम गाउँपालिका कमिटी अध्यक्ष केशवराज विष्टको विशिष्ट आतिथ्यता बैठक बसेको हो ।

लेकम गाउँपालिका वडा नम्बर १ बिनखालीका एमाले क्रियाशिल सदस्य हरिदत्त भट्टको निधन भएकोले उहाँको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । बैठकमा बिभिन्न पार्टी परित्याग गरी आठ जनाले नेकपा एमालेमा प्रवेश गरेको वडा कमिटी अध्यक्ष बिष्टले जानकारी दिनुभयो । प्रवेश गर्नेमा पदमसिह साउँद, मनोज साउँद, जनक रावल, किसुन बोहरा, चन्द्र साउँद, पदम साउँद, प्रेम बोहरा, सुरेन्द्र बोहरा रहेको अध्यक्ष बिष्टले बताउनुभयो ।

यस्तै लेकम गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । युवा कमिटीको अध्यक्षमा सुरेन्द्रसिंह बोहरा, उपाध्यक्षमा जगदिश साउँद, सचिवमा पदमसिंह साउँद, सह सचिवमा जनक रावल र प्रेम बोहरा सहित १५ सदस्यिय कमिटी गठन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?