खडक धामी, दार्चुला । आज सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस, दार्चुलामा पनि मनाइएको छ । स्वास्थ्य जीवन शैली हाम्रो आवश्यकता, संकट न्युनिकरणमा महिला स्वंयमसेविका भन्ने मूल नाराका साथ मार्मा गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ । गाउँपालिका उपाध्यक्ष बागमती ठगुन्नाको अध्यक्षता तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा शिक्षा शाखा प्रतिनिधि केशव बहादुर सिंह, मार्माका स्वास्थ्य संयोजक चक्र सिह धामी लगायत गाउँपालिका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
दिवसको अवसरमा मार्मा गाउँपालिका भित्रका ६ वटै वडाका एक एक जनालाई पुरस्कृत गरिनुका साथै कविता प्रतियोगिता आयोजना गरिएको छ । कविता प्रतियोगितामा प्रथम द्वितीय र तृतियलाई पुरस्कार वितरण गरिएको स्वास्थ्य शाखा संयोजक चक्र धामीले जानकारी दिनुभयो । त्यस्तै मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोट स्वास्थ्य चौकीले पनि विभिन्न कार्यक्रम गरि सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस मनाएको छ। वडा नम्बर ५ का वडा अध्यक्षको उपस्थितिमा विविध कार्यक्रम गरि दिवस मनाइएको स्वास्थ्य शाखा संयोजक महेश पार्कीले जानकारी दिनुभयो।
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ हाट स्वास्थ्य चौकीमा पनि महिला संवयमसेविका दिवस मनाइएको छ । उक्त कार्यक्रममा सु–आहाराका फिल्ड संयोजक नबराज जोशी, पोषणका फिल्ड संयोजक लोकबहदुर धामी लगायतको उपस्थिति रहेका स्वास्थ्य चौकी इन्चार्ज दिपक बहादुर धामीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया