दार्चुला । पश्चिमी वायुको प्रभावसँगै सुदूरपश्चिमसहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम बद्लिएको छ । दिउँसोदेखि बिस्तारै वाग्मती र प्रदेश १ मा पनि पश्चिमी वायुको असर देखिने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली जिल्लामा हल्कादेखि भारी हिमपात हुने मौसमविद् मानन्धरले बताउनुभयो । दार्चुलाको हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण चिसो ह्वात्तै बढेर जनजीवन प्रभावित भएको स्थानीयहरुले बताएका छन् ।
भरे राति पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपात र प्रदेश २ बाहेकका अन्य ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभाव आज र भोलि रहने छ ।
वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोहणमा नजान र यात्राका क्रममा पनि सावधानी अपनाउन मौसमविद्को सुझाव छ । पर्सिदेखि भने मौसम खुल्दै जाने अनुमान गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया