चाँदनी शहीद स्मृती प्रतिष्ठानद्धारा दुहुँका बाढीपहिरो पीडितहरुलाई राहत सामग्री वितरण

दार्चुला । चाँदनी शहीद स्मृती प्रतिष्ठानले दुँहु गाउँपालिकाका बाढीपहिरो पीडीतहरुलाई राहत सामग्री वितरण गरेको छ । दुहुँ गाउँपालिका वडा नम्बर ५ चल्लेगडा दार्चुलामा एक औपचारिक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानद्धारा राहत सामग्री वितरण गरिएको हो ।

बाढीबाट पूर्ण घर क्षतीग्रस्त भएकाहरुलाई १/१ कट्ठा चामल र १/१ वटा कम्बल वितरण गरिएको छ । यस्तै मृतक परिवारलाई ५ हजारका दरले नगद राहत प्रदान गरिएको चाँदनी शहीद स्मृती प्रतिष्ठानका सचिव उमेशराज जोशीले जानकारी दिनुभयो । उच्च जोखिममा परेका १२९ परिवारलाई १÷१ कठ्ठा चामल वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष हरक सिह बडालको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा दुहुँ गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दौलत सिह महरा प्रमुख अतिथि रहनुभएको थियो । प्रतिष्ठानका उपाध्यक्ष एंव नेकपा एमाले दार्चुलाका उपाध्यक्ष उदय सिह बडालको विशिष्ट आतिथ्यता रहेको सचिव जोशीले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?