दार्चुला । कैलालीको धनगढीमा सम्पन्न नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम अधिवेशनबाट ५९ सदस्यीय कार्यसमिति चयन भएको छ। ८ पदाधिकारी र ४८ जना प्रदेश सदस्य निर्वाचनमार्फत विजयी भएका हुन् भने तीन जना सदस्य निर्विरोध चयन भएका हुन्। ५९ सदस्यिय कार्यसमितिमा दार्चुलाबाट तीन जना सदस्य मात्रै परेका छन् । दार्चुलाबाट कांग्रेश नेता एबं जिल्ला समन्वय समिति प्रमुख करबिरबहादुर कार्की, राजेन्द्र बिष्ट र कमला धामी सामन्त प्रदेश समिति सदस्यमा विजयी भएका छन् । खस आर्य खुलातर्फबाट कार्की र जिल्ला कोटोबाट बिष्ट र सामन्त सदस्य निर्वाचित भएका हुन् ।
पदाधिकारीमा सबै संस्थापन अर्थात काँग्रेस सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा निकटका उम्मेदवार विजयी भएका छन्। प्रदेश सभापतिमा देउवा पक्षका पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका हुन्। उनले ६८८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी पौडेल पक्षका नारायणदत्त मिश्रले २८० मत पाए। यस्तै उपसभापतिमा देउवा पक्षकै जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का, सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउने विजयी भए। तीनै जना सहमहामन्त्री पनि देउवा पक्षका हुन्।
५२ प्रदेश सदस्यमध्ये कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका थिए। मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध भएका हुन्। बाँकी ४८ जना सदस्य चयनका लागि भएको निर्वाचनमा १६० जनाले उम्मेदवारी दिएका थिए। प्रदेश निर्वाचन क्षेत्रको खुला सदस्यतर्फ उत्तमबहादुर कठायत, टेकराज जोशी, गणेश बिष्ट, पुष्करबहादुर सिंह, ज्ञानेन्द्रबहादुर सिंह, पदमबहादुर शाही, धनबहादुर शाही र टेकराज जोशी विजयी भएका छन्। प्रदेश निर्वाचन क्षेत्र महिला सदस्यतर्फ चमेली तामाङ र लक्ष्मी भण्डारी चयन भएका छन्।
खस आर्य खुलातर्फ सुरतबहादुर रावत, रामबहादुर देउवा, कासीराम देवकोटा, भक्तबहादुर ठकुल्ला, कृष्णप्रसाद पाठक र करबिरबहादुर कार्की विजयी भएका छन्। यस्तै आदीवासी जनजातीमा दाउत तामाङ, अल्पसंख्यक वा अपाङगतामा उपेन्द्रबहादुर खडायत, खस आर्य महिलातर्फ कान्ता चन्द शाही, दिपा ऐर, केशरी बिष्ट, सम्झाना खत्री, निलम लेखक जोशी र टिकेश्वरी हमाल विजयी भएका छन् । प्रदेश सदस्य मधेशीतर्फ वेदप्रसाद चौधरी, दलित खुलातर्फ चन्द्रे टमटा, राजेशकुमार टमटा, दलित महिला सदस्यतर्फ रुपा आउजी, थारु खुला सदस्यतर्फ झेली राना थारु, राजसमझ चौधरी, थारु महिलातर्फ भुलिया राना र मुस्लिम सदस्यतर्फ डा.मेराज आलम अन्सारी चयन भएका छन्।
यस्तै प्रदेश सदस्य भूगोलतर्फ तुलाराम साउद, गौरीसिंह बोहरा, गजराज पाण्डेय, तेजबहादुर लुहार, राजेन्द्रसिंह बिष्ट, राजेन्द्रबहादुर खड्का, धनराज पण्डित र तेजबहादुर चन्द विजयी भएका छन् । प्रदेश सदस्य भूगोल महिलातर्फ अनुराधा कुमारी स्वार, कलावतीदेवी बोहरा, प्रेमा श्रेष्ठ, कमला धामी सामन्त, सुनिता थापा, राधिकादेवी सिंह र कमला चन्द विजयी भएका छन् ।
काँग्रेस सुदूरपश्चिमका एक नेताका अनुसार १० जना सदस्य पौडेल पक्षबाट विजयी भएका छन्। बाँकी ४१ जना प्रदेश सदस्य भने देउवा पक्षका हुन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया