दार्चुला । बैतडीमा सोमबार साँझ जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो । मृतकको पहिचान भने खुल्न बाँकी छ ।
दुर्घटनामा परेर ९ जना घाइते भएका र ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । ५ जनाको अवस्था भने समान्य रहेको बताइएको छ । सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिदैछ ।
चालक फरार रहेको र घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया