लैङ्गिक हिंसाविरुद्धको अभियानः प्रहरीद्धारा विद्यार्थी र यातायात व्यवसायीसँग अन्तरक्रिया

दार्चुला । घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ मंसिर ९ गतेदेखी २४ गतेसम्म (तदनुसार २५ नोभेम्बर २०२१ देखी १० डिसेम्बर २०२१ सम्म) मनाईने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत दार्चुला प्रहरीले विद्यार्थी र यातायात व्यवसायीसंग अन्तरक्रिया कार्याक्रमको आयोजना गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाको संयुक्त आयोजनामा दार्चुला सदरमुकामदेखी दल्लेख सडकखण्ड र हिकिला सडकखण्डमा चल्ने सवारी साधनका धनि तथा चालकहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सवारी साधनमा महिला, बालबालिका, जेष्ठ नागरिक, शारीरिक रुपमा कमजोर क्षमता भएका व्यक्तिहरुमाथि घट्न सक्ने हिंसा, सवारी दुर्घटना रोकथाम तथा न्युनिकरणका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । हिसां र दुर्घटना नियन्त्रणका विषयमा केन्द्रीत रहेर अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आइतबार प्रहरीले विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वको प्रहरी टोलीले महाकाली नगरपालिका वडा नम्बर ७ मा रहेको मालिकार्जुन नमुना माध्यमिक विद्यालय धापमा अन्तरक्रिया गरेको हो । मालिकार्जुन नमुना माविका विद्यार्थीहरुसंग लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण, त्यस सम्बन्धी कानूनी व्यवस्था, बालविवाह र बहुविवाह लगायत विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो ।

लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको इलाका प्रहरी चौकी रिठाचौपाताले समेत माबि चौपातामा अन्तरक्रिया कार्यक्रम गरेको इप्रका रिठाचौपाताका प्रमुख लोकेन्द्र पुजाराले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई सचेत पार्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

सायद ११ जना मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?