सुदूरपश्चिममा आज पनि हल्का पानी र हिमपात

दार्चुला । आज पनि हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने उहाँले बताउनुभयो ।

पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज हिजोको भन्दा मौसम खुल्ने अनुमान गरिएको छ । अहिले बिहानको समयमा भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लाग्न थालेको छ । केही ठाउँमा घाम लागेको छ । बिस्तारै हुस्सु र कुहिरो हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?