खलंगा बजारको बाटो पुनःनिर्माणका लागि प्रशासनमा निवेदन

दार्चुला । दार्चुला सदरमुकाम खलंगा बजार क्षेत्रमा बिग्रिएको बाटो पुनःनिर्माणका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन बुझाइएको छ । मंगलबार प्राज्ञिक बिद्यार्थी परिषद नेपालले महाकाली नगरपालिका वडा नम्बर ४ र ५ बजार क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माणका क्रममा बाटोहरू बिग्रिएको एक महिना भइसक्दा समेत पुनःनिर्माण नभएको भन्दै पहलका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई अनुरोध गरेको हो ।

बजार क्षेत्रमा बाटो पुनःनिर्माण नहुदा बिद्यार्थी तथा सर्वसधारण यात्रुहरूलाई अपठ्यारो परेको प्राज्ञिक बिद्यार्थी परिषद नेपालका संयोजक नविन जोशीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय दार्चुलामा निबेदन बुझाएपछि प्रशासनको तर्फबाट यथासिघ्र सम्बन्धित सबैलाई पत्राचार गरि समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष महेश भट्टले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?