दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ बसेडी मोडमा जीप दुर्घटना हुदा चालक घाइते भएका छन् । म १ ज २३९ नम्बरको जीप सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
दार्चुला सदरमुकामबाट मालिकार्जुनतर्फ जादै गरेको उक्त जीपमा धौलसिह साउद चालक रहेको र चालक घाइते अवस्थामा भेटिएपछि उद्धार गरेर उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । थप विवरण प्राप्त हुने क्रममा रहेको र अन्यको खोजि तथा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया